गोक्यो हिमतालमा डुवेर बेपत्ता भएका एक विद्यार्थीको शव फेला, खोजी कार्य जारी

सोलुखुम्बु । सोलुखुम्बुको गोक्यो हिमतालमा डुवेर बेपक्ता भएका तिन जना विद्यार्थी मध्ये एकजनाको शव भेटिएको छ ।काठमाण्डौबाट आएको शसस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको मध्ये एक जनाको शब निकाल्न सफल भएको हो ।

शसस्त्र प्रहरीको गोताखोर टोलीले गत शनिबार पौडि खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी पेम्बा नुरु शेर्पाको शब निकालेको सोलुखुम्बुका प्रहरी निरिक्षक हरणकुमार यादवले जानकारी दिनुभयो । अझै बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खुम्जुङ मावि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदा तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!