नेपाल आइडलको दोस्रो संस्करण आज राति साँढे आठदेखि सुरु

काठमाडौं, २४ साउन । नेपाल आइडलको दोस्रो संस्करण आज राति साँढे आठदेखि सुरु हुने भएको छ ।अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मा संग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह रहने छन् ।नेपाल आइडलको प्रथम संस्करणको सफलता पछि दोश्रो संस्करण आज देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइ दिन राति ८ः३० देखि प्रसारण हुनेछ ।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमशः दोश्रो र तेश्रो बन्न सफल भएका थिए । नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा हब्लु आर भी कार, एउटा एलबमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउनेछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.