गोथिया कप फुटबल खेल्न चिन जाने टालीमा सोलुखुम्बुका मन्जिल

२६ साउन-चीनमा आइतबारदेखि शुरु हुने गोथिया कप फुटबलमा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । शनिबार आज चिन प्रस्थान गेको नेपाली टोलीले छात्र १६ बर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ । नेपालवाट प्रतियोगितामा सहभागी हुने एक मात्र टिम जुनियर फुटबल एकेडेमीका खेलाडी तथा प्रशिक्षकलाई आज शनिबार बिदाई गरिएको छ । १० टिम सहभागी हुने सो समूहमा नेपाल सहित कोरिया, चीन, अष्टेलिया, इन्डोनेसिया, बंगलदेश र फिलिपिन्सका टिमले भाग लिनेछन् । नेपालको जुनियर फुटबल एकेडेमी रहेको समूहमा कोरिया, चीन, अष्ट्रेलिया र इन्डोनेसियाको टिम परेको छ ।
नेपली टिमले अफ्नो पहिलो खेल सोमबार इन्डोनेसियासँग खेल्नेछ । दोश्रो खेलमा नेपालले मंगलबार कोरियाको सामना गर्नेछ भने तेश्रो खेलमा बिहिबार अष्ट्रेलियाली टिमको सामना गर्नेछ । चौथो खेलमा नेपालको जुनियर फुटबल एकेडेमीको भेट चिनको टिमसँग हुने प्रशिक्षक प्रज्वल क्षेत्रीले जानकारी दिए । नेपाली टिममा सोलुखुम्बुका मन्जिल श्रेष्ठसमेत सहभागी छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.