मोटरसाइकल दुर्घटना हुदा वडा अध्यक्ष घाइते

साउन २९ /आफ्नो समाचार– थुलुङ दुधकोशी गाउँपालिका -८ का वडा अध्यक्ष अनुप्रशान्त थुलुङ मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । गाउँपालिकास्थित देउसाको बुडिडाँडा भिरवाट खसेकाको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाण्डौ लगिएको छ । उनको मेडिसिटी अस्पताल नक्खुमा उपचार भई रहेको गाउँपालिका अध्यक्ष असिम थुलुङले जानकारी दिए । घाईते राईको टाउकोमा गहिरो चोट लागेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.