जिज्ञासु कुलुङको कविताले गगन थापालाई चिन्तित बनाएपछि..

काठ्माण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले सोमबार एउटा कविता सामाजिक सञ्जालमा पोष्ट गर्दै सो कविताले चिन्तित तुल्याएको बताएका छन् । काठ्माण्डौ स्थीत लोक आदर्श एकेडेमी कक्षा ८ मा अध्ययनरत विद्यार्थी जिज्ञासा कुलुङले लेखेको ’मलाई पुरुषदेखि डर लाग्छ‘ शिर्षकको कविताले नेता थापालाई चिन्तित तुल्याएको बताएका हुन् ।

थापाले आफ्नो फेसबुक र ट्वीटरमा उक्त कविता पोष्ट गर्दै चिन्ता ब्यक्त गरेका हुन् । कवितामा पछिल्लो समय बढ्दै गएको बलत्कारको घटनाले अक्रान्त बनाएको समाजको कथा ब्यक्त गरिएको थियो । उनले उक्त पोष्टसँगै यस विषयमा सवैले आफ्नो ठाउँबाट सोँच्नु पर्ने समेत बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘मलाई हिजो आठ कक्षामा पढ्दै गरेकी जिज्ञासा कुलुङले हातमा लगाईदिएको मलाई पुरुषदेखि डर लाग्छ कविताले म पुरुष सांसद, नेता उनीजस्तै छोरीका बालाई चिन्तित बनाएको छ । के हाम्रा नानीहरु यसरी नै त्रसित हुने भविश्य बनाउदै छौं ? सवैले आ–आफ्नो ठाउँबाट सोच्न र निर्भयी जिज्ञासाहरु बनाउन पहल गरौं ।’

जिज्ञासा कुलुङले लेखेको उक्त कविताको पुर्ण अंश यस प्रकारका छन् ।

पुरुषदेखि डर लाग्छ
आजभोली,
सुनौलो विहानीदेखि पनि डर लाग्छ
किनकी
घरको मुलगेटमा
प्रत्येक विहान आउने कान्तिपुरले
विभन्स वालिकाको कथा बोकेर आउँछ
मलाई विहानै ब्युँझिनै डर लाग्छ
बाबा, मलाई समाचार पढ्न डर लाग्छ

तपाई मेरो बाबा हो
जसले यो धरतीमा पाईला टेकाउन वातावरण दिनुभयो
पढाउनु भयो, संसार चिन्न सिकाउनुभयो
विन्ती बाबा
तपाई मेरो बाबा भन्दा माथीको पुरुष नबन्नुस है
मलाई मेरो बाबा नै मन पर्छ
पुरुषदेखि डर लाग्छ
किनकी, पुरुषले बलत्कार गर्छ

आजभोली दाजुभाईको आँखाले
दिदीबहिनी देख्न छोडेको छ
म चाहन्छु उही दाजुभाई
जस्लाई मैले सप्तरंगी टिका लगाईदिन्छु
अनि हामी माया साटासाट गर्छौ, चेली माईतीको
विन्ती मेरा दाजुभाई
तपाईहरु मेरो माईती भन्दा माथी उठेर
पुरुष नबन्नुस है
मलाई पुरुषदेखि सारै डर लाग्छ
किनकी, पुरुषले त बलत्कार गर्छ

ए छोरा नाती हो
तिमीहरुलाई जन्माएर
आफ्नै छाती चुसाएर
बुढी भएकी आमा अनि हजुरआमाले पनि
विन्ती गरिरहेका छन्
आमा हजुरआमाहरुलाई
आफ्नै काखमा लडिबडी खेल्ने
छोरा नाती हेर्ने रहर छ
विन्ती छ, त्यो भन्दा माथी उठेर
तिमीहरु पुरुष नबन्नु है
पुरुषहरुदेखि आमाहरुलाई पनि डर लाग्न थालेको छ
किनकी, पुरुषले बलत्कार गर्छ

साँच्चै,
आजभोली मलाई विहान ब्युझिन डर लाग्छ
किनकी, प्रत्येक विहान घरको मुलगेटमा
बलत्कारको स्वर लिएर कान्तिपुर आउछ
अनि पुरुष हराएको खबर आउछ

जिज्ञासु कुलुङ
कक्षा ८, लोक आदर्श एकेडेमी
काठ्माण्डौ

-यो कविता गगन थापाको पोष्टबाट साभार गरिएको

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.