अशोक दर्जिको घर हस्तान्तरणमा प्रधानमन्त्री पुग्लान् ? 

काठमाडौं । बाल गायक अशोक दर्जीको घर निर्माणको काम सम्पन्न भएको छ । गएको जेठ १९ गते शिलान्यसा गरेर शुरु गरिएको घर निर्माणको काम सबैसकिएको गायक तथा संगीतकार टंक बुढाथोकीले बताएका छन् । टंकका अनुसार यहि आउँदो भदौ ४ गते एक कार्यक्रमका बिच घर हस्तान्तरण गरिनेछ।

केहिदिन अघिदेखी अशोकको घर हस्तान्तरण कार्यक्रममा कोको अतिथि पुग्नेछन् भन्ने बिषय चर्चामा रहेको छ । केहिदिन अघि टंक बुढाथोकी, अशोक दर्जि, डिजे रुपक सहितको टोली प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट्न जाँदा धेरैले प्रधानमन्त्री घर हस्तान्तरण कार्यक्रममा पुग्नसक्ने अनुमान लगाएका थिए । यस्तै टंकका अनुसार थुप्रै कलाकार घर हस्तान्तरण कार्यक्रममापुग्ने छन् । बरिष्ठ कलाकार हरिवंश आचार्य घर हस्तान्तरणमा पुग्ने भर्खरमात्र निधो भएको टंकले जनाएका छन् । भने अन्य कलाकारहरुको निधो हुँदैछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.