अब प्रधानमन्त्रीले सातामा एकपटक र मन्त्रीले दैनिक जबाफ दिनुपर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अब प्रधानमन्त्रीले साताको एकपटक र अन्य मन्त्रीले दैनिक जबाफ दिनुपर्ने भएको छ। सरकारमा प्रधानमन्त्रीसहित २२ मन्त्री र ३ राज्यमन्त्री छन्। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले अबको प्रत्येक आइतबार प्रधानमन्त्रीसँग संसद्मा प्रश्नोत्तर हुने र आइतबार र शनिबारबाहेक सबै दिन मन्त्रीसँग प्रश्नोत्तर हुने मापदण्ड बनाएको कार्यव्यवस्था परामर्श समिति सदस्य तथा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए। प्रधानमन्त्रीसँग प्रत्येक आइतबार प्रश्नोत्तर हुने र मन्त्रीसँग सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार गरी ५ दिन प्रश्नोत्तर हुने नागरिक दैनिकमा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.