‘छक्का पञ्जा ३’को अर्को नयाँ रेकर्ड

काठमाडौं । फिल्म ‘छक्का पञ्जा ३’ को शीर्ष गीत ‘पहिलो नम्बरमा’मा ले अर्को रेकर्ड बनाएको छ । ‘छक्का पञ्जा ३’ मा समावेश पहिलो गीत ‘पहिलो नम्बरमा ’ सार्वजनिक भएको १४ दिनमा नै ५० लाख बढीले हेरेर अर्को नयाँ रेकर्ड कायम गरेको हो । यस अगाडी फिल्मी गीतमा सम्भवत १४ दिनमा ५० लाख बढी दशर्दकले हेरेको यो पहिलो गीत हो । ‘पहिलो नम्बर’मा बोलको गीतले ५० लाख भ्यूअर्स नाघेसँगै निर्माता दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै आफ्ना दर्शक तथा शुभचिन्तकलार्इ धन्यवाद दिएका छन् ।

सो गीत बरिष्ठ गीतकार तथा साहित्यकार राजेन्द्र थापाका शब्दमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका हुन् । डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको उक्त गीतमा उदय पौडेलले एरेन्ज गरेका हुन् । दीपाश्री निरौलाको निर्देशन रहेको फिल्म फूलपातीको दिन रिलिज हुने तयारीमा रहेको छ । फिल्मको छायांकनमा ब्यस्त रहेकी निर्देशक दीपाश्रीले आँफुले यो फिल्मबाट अझै अपेक्षा गरेको बताइन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.