असल पिता कसरी हुने ? यस्तो छ आइडिया

आमा र ममता अपरिभाषित हुन्छ बच्चालाई आफ्नो आमा प्रति जति स्नेह हुन्छ त्यति नै स्नेह आफ्नो पितासँग पनि हुन्छ । बच्चाको पालन पोषणको लागि आमाको जति जिम्मेवारी हुन्छ त्यति नै पिताको पनि हुन्छ बच्चाहरु आफ्नो पिताको अनुसरण गरेको हुन्छ त्यसैले पिताले पनि आफ्नो राम्रो बानी व्यवहार सही ढंगले पालना गर्नुपर्छ ताकि बच्चाहरु पनि त्यहि कुराको अनुसरण गरोस् ।

१. स्वस्थ रहनु अति आवश्यक

सानो छदाँ देखि नै बच्चाहरुमा स्वस्थ जीवनशैलीको बानी बसाल्न सकेको खण्डमा जीवनभर बच्चाहरुमा स्वास्थ्यको महत्वको बारेमा बुझिन्छ यसको लागि उसलाई पिताको सहि मार्गदर्शकको आवश्यक पर्दछ । विहान चाँडै उठ्ने, योग वा मर्निङ वाक, एक्सोसाइज र खेलमा बच्चाहरुमा उत्साह जगाउनु पर्छ ।

. केही सीमा तय गर्नुस्

आफ्ना केही कुरा स्वयं आफुलाई पनि मन परेको हुँदैन र बच्चाहरुमा यस्ता केही बानी हुन्छ जुन तपाईलाई मन परेको हुँदैन । बच्चाको बानी मन परेन भन्दैमा बच्चाहरुलाई झपार्ने वा कुट्ने गर्नु हुँदैन केही कुरा बच्चालाई पनि तपाईंको कुरा मन परेको हुँदैन । बच्चाको पालन पोषण गर्दा यस्ता कुराको बारेमा पनि ध्यान दिनु पर्ने हुन्छ र यसको कारण खोज गर्नु पर्छ । तर यसको लागि कहिले पनि बच्चाहरुलाई जवरजस्ती गर्नु हुँदैन । जवरजस्ती गर्नाले बच्चाहरु दवावमा आउन सकिन्छ ।

. समय दिनु

पुरुषलाई घर परिवारको साथसाथै आफ्नो विजनेस वा जागिरको पनि ख्याल राख्नु पर्ने हुन्छ । यस्तो बेलामा परिवारलाई समय दिन सकेको हुँदैन तर सम्भव भएसम्म बच्चाहरुलाई समय दिर्छ । हप्तामा कम्सेकम एक दिन आफ्नो छुट्टीको बेला आफ्नो केही समय बच्चाहरु लागि पनि दिनुपर्छ । समय भएको बेलामा बच्चासँग खेल्ने वा उसलाई कहि घुमाउन लिएर जानुपर्छ ।

. बच्चाको कुरा पनि सुन्नु

हरेक चोटि बच्चालाई आफ्नो मात्र कुरा सुनाउने नगर्नुस् । यसले बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ ।

. प्रेमको भाव सिकाउनुहोस्

माया, ममता र स्नेहले सबैको मन सजिलै जित्न सकिन्छ । बच्चाहरुको कोमल हृदयलाई जित्नको लागि जहिले पनि स्नेही भावले कुरा गर्नु पर्छ । यसले बच्चाहरु हमेशा खुशी हुन्छ र बच्चाहरुलाई यो आभाष पनि दिनुपर्छ कि तपाई उसलाई कति माया गर्नुहुन्छ भनेर । यसले बच्चा र पिता बिचको स्नेह पनि बढ्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.