किसानबाट ८ रुपैयाँ किनेको काँक्रो ८० रुपैयाँमा बिक्री

काठमाडौँ , ४ जेठ । तरकारीमा समेत सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो औसत १८ रुपैयाँमा काठमाडौं आउने काउलीलाई उपभोक्ता १३० रुपैयाँसम्म तिर्न बाध्य छन् । उत्पादक किसानबाट उपभोक्तासम्म आइपुग्दा करिब ५ तहमा मूल्य थपिने भएकाले उपभोक्ता चर्को मारमा परेका हुन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

राजधानीको तरकारी बजारमा ब्याप्त बिचौलियाको सिन्डिकेटले सामान्य मानिसको भान्साको खर्चलाई ह्वात्तै बढाइदिने गरेको छ । उपभोक्ताले तिर्ने पैसाको सानो अंश मात्र किसानसम्म पुग्छ । उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुने गरेको छ । यी सबै चरणमा मूल्य बढे पनि मध्यस्थकर्तापछि बढ्ने मूल्य किसानले पाउँदैनन् । व्यापारीले करिब १८र२० रुपैयाँमा खरिद गरेको काउलीको थोक मूल्य कालिमाटी तरकारी बजारले आइतबार ९८ रुपैयाँ निर्धारण गरेको थियो । कालिमाटीकै खुद्रा बजारमा यसको मूल्य १ सय १५ रुपैयाँ तोकिएको थियो । बजारमा भने किलोकै १ सय ३० रुपैयाँभन्दा बढी पर्छ ।

तरकारी बजारको सिन्डिकेट खेतबारीबाटै सुरु हुन्छ । ‘तरकारी खेतीका लागि व्यापारीले मलरबीउ दिन्छन्,’ घाटबेसी धादिङका कृषक भीमसेन पण्डित भन्छन्, ‘जसको मलरबीउ लियो, तरकारी पनि उसैलाई दिनुपर्छ ।’ मूल्य निर्धारणमा पनि तिनै व्यापारी हाबी हुन्छन् । कतिपय व्यवसायीले मलरबीउको मूल्य तरकारी बिक्री गरेर कटाउने गरेको पण्डित बताउँछन् ।

तरकारीको दैनिक खुद्रा मूल्य किसानलाई जानकारी हुँदैन । कालिमाटी तरकारी बजारका व्यवसायीले आफूअनुकूल मूल्य निर्धारण गर्ने गरेको किसान बताउँछन् । ‘कालिमाटीमा यतिउति मूल्य चलेको छ भन्छन् तर हामीलाई कहिल्यै भनेअनुसार भाउ दिँदैनन्,’ पालुङ मकवानपुरका कृषक अर्जुन थोकर तामाङले भने, ‘बिचौलियासँग मिलेर मूल्य तोक्ने देखिन्छ ।’

तरकारी संकलन केन्द्रबाट कालिमाटी बजार आएपछि ठूला थोक व्यापारीले साना थोक बिक्रेतालाई तरकारी बिक्री गर्छन् । साना थोक बिक्रेताबाट खुद्रा व्यवसायीले खरिद गर्छन् । यी सबै तहमा नाफा जोडिने हुँदा बजार मूल्य बढेको जानकारहरू बताउँछन् । व्यवसायीले धादिङ, मकवानपुर, काभ्रे, दोलखालगायत जिल्लाबाट तरकारी कालिमाटी फलफूल तथा तरकारी विकास समितिमा भित्र्याउँछन् ।

व्यवसायीसँगको मिलेमतोमा समितिले मूल्य निर्धारण गर्छ । धादिङरमकवानपुरमा २२ रुपैयाँ पर्ने भन्टा र १५ रुपैयाँ किलोको भिन्डीलाई राजधानीमा प्रतिकिलो ८० रुपैयाँभन्दा बढी पर्छ । ८ रुपैयाँ पर्ने काँक्रो ८० रुपैयाँमा बिक्री भइरहेको छ । किसानबाट प्रतिकिलो १० रुपैयाँमा खरिद गरेको फर्सी ८० देखि ९० रुपैयाँमा किन्न उपत्यकावासी बाध्य छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.