गाउमा युवा नहुदा भालुले चिथोरेको दुईदिन भईसक्दा पनि शेर्पाको उपचार हुन सकेन

सोलुखुम्बु/भदौ ४ गतेजङ्गलविचमा १२/१३ वटा मात्र घर छ । अधिकाँश घरमा बृद्धबृद्धा मात्र छन् । युवाहरु कोही विदेश, लेकतिर गोठसँगै लागेका छन् भने कोही प्रदेश लागेपछि महाकुलुङ ३ बोक्सोवारमा विरामी बोक्ने युवा समेत पाउन मुस्किल भएको छ । गाउँमा युवाहरु नहदा उपचारमा समस्या भएको छेस्काम ३ बोक्सोवारका पासाङ दावा शेर्पाले बताउनु भयो
शेर्पालाई आईतबार भालुले आक्रमण गरि घाईते बनाएको भएपनि आजसम्म उपचार नपाएको बताउनु भयो ।बोक्सोवारबाट छेस्काम स्वास्थ्यचौकी पुग्न मात्र ४ घण्टा लाग्नुका साथै हिड्न सक्ने अवस्था र स्टेचरमा बोकेर लैजाने युवा नहुदा घरमा चोटसँग लड्दै बसिरहेको छु ।’ आईतबार दिउसो चोयाका लागि मालिङ्गो काट्न जँगल जादा शेर्पालाई भालुले आक्रमण गरेको हो । आलुको आक्रमणबाट घाईते भएका शेर्पाले कुनैपनि उपचार तथा औषधी समेत प्रयोग गर्न नपाएको बताउनु भयो ।
उपचारका लागि समस्या भएको सुचना पाएपछि महाकुलुङ ३ छेस्कामले वडा कार्यालयबाट विरामीको उद्धारको लागि युवा पठाई उद्धारको कम भईरहेको महाकुलुङ ३ छेस्कामका अध्यक्ष डेक बहादुर कुलुङले जानकारी दिनुभयो–‘सुचना ढिलो पाईयो, हिजोको घटना रहेछ । अहिले भर्खर सुचना पाएको छु । यहाँबाट उद्धारको लागि काम भईसकेको छ
भौगोलिक विकटता, सुविधा सम्पन्न स्वास्थ्य चौकीको अभावमा यस्तै समस्या परेका दर्जनौ स्थानीयहरुले वर्षिक रुपमा ज्यान गुमाउनु पर्ने बाध्यता भएकोले गाउपालिकामा सुविधा सम्पन्न् स्वास्थ्य चौकीको व्यवस्था गर्न आवश्यक रहेको स्थानीयहरु बताउछन् । विशेषगरि सुत्केरी, बालबालिका बढि जोखिममा पर्नुका साथै मृत्यु हुनेको सँख्या पनि बढि रहेको स्वास्थ्य चौकी छेस्कामको तथ्याङ्क छ

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.