निर्मला पन्तको हत्यारा को हो ? प्रहरीमाथि नै किन लाग्यो यस्तो गम्भीर आरोप ?

कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीय किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलगाएको भन्दै पीडितसहित स्थानीय आन्दोलनमा उत्रिएका छन् । निर्मलाको हत्याको वास्तविक अपराधि लुकाउनज खोजिएको भन्दै पीडित र स्थानीयले आज मंगलबार भीमदत्तनगर बजार बन्द गराउँदै प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया किशोरी निर्मलाको गएको साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो । उनकोसाउन ११ गते दिउँसो हत्या भएको थियो ।

प्रहरीले उनको हत्या आरोपमा भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, उनको मानसिक अवस्था ठीक नभएको र वास्तविक हत्यारालाई सार्वजनिक गर्न नसकेको स्थानीयको आरोप छ ।

तर, प्रहरीको निर्मला हत्याको दोषीको रुपमा पन्तलाई अघि सारेको छ । उनले निर्मलाको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीको दाबी छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!