कुल्फीवालाको ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार बाहिङ राई ‘कुल्फीवाला’को ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  काठमाडौंको नयाँबस्ती, बौद्ध, गौरीघाट र जोरपाटीका चोक र गल्लीहरुमा ‘आयो कुल्फी आयो, हाँस्न पनि पाउने, नाँच्न पनि पाउने, बिक्रि भयो भने पैसा पनि आउने’ भन्दै गाउँदै र नाँच्दै कुल्फी बेच्दै हिड्ने मनकुमार राईलाई म्युजिक भिडियोमा देखिन थालेको हो । ‘कुल्फीवाला’ राईलाई अब म्युजिक भिडियोमा मात्र होइन, ब्ल्याकहर्स सुजको विज्ञापनमा समेत जुत्ता लगाएर गाउँदै र नाँच्दै कुल्फी बेचेको हेर्न सकिने छ ।गीतलाई कुल्फीवाला र तक्मेबुढा दुवैले गाएका छन् । एरेञ्ज धिरज श्रेष्ठलेको रहेको छ । शब्दरचना पनि कुल्फीवाला र तक्मेबुढाले नै गरेका छन् । म्युजिक भिडियोको निर्देशन तक्मेबुढाले गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.