मेसी अर्जेन्टिनाको टोलीमा परेनन्

बोएनो आएर्स (एजेन्सी) – अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन् । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित टोलीमा मेसीको नाम रहेको छैन ।

बार्सिलोनाका स्टार स्ट्राइकरले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर सन् २०१८ को विश्वकपका लागि भने उनी आफ्नो निर्णय उल्ट्याउँदै अर्जेन्टिनाको जर्सीमा फर्किएका थिए । रुसमा सम्पन्न विश्वकपमा प्रदर्शन गरेको खराब खेलपछि टोलीका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीलाई समेत टोलीले निस्कासन गरेको थियो ।

स्कलोनीले आफुले टोली छनौट गर्नु अघि मेसीसँग कुरा गरेको र उनी अर्जेन्टिनाबाट खेल्ने वा नखेल्नेमा निश्चित नरहेको बताएका छन्। उनले भने, ” मैले मेसीसँग कुरा गरेको छु र सो कुराकानी पछी नै उनलाई टोलीमा नराखिएको हो । ईमान्दार भएर भन्नु पर्दा हामीले भविष्यको कुरा गरेनौं ।”उनले थपे, “हामीलाई थाहा छ उनले हाम्रो लागी के गरेका छन् भन्ने । मेरो मेसीसँग राम्रो सम्बन्ध छ र हामी हाम्रो कुरामा प्रष्ट छौं । हामीसँग अझ धेरै खेल खेल्नु छ र हामी भविष्यमा उनलाई हेर्नेछौं । कुनैपनि प्रशिक्षकका लागि मेसी टोलीमा नरहनु राम्रो खबर होइन।”

अर्जेन्टिनाको टोलीमा मेसीसँगै अगुएरो, ओटामेन्डि, हिगुआइन जस्ता अन्य नाम चलेका खेलाडी समेत अटाएका छैनन् । उनीहरुको स्थानमा इकार्डी, लौटारो मार्टिनेज, जिओभानी सिमिओनी जस्ता युवा प्रतिभाले मौका पाएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!