नेपाली फिल्म खेल्दै सनी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली सिनेमामा काम गर्ने भएकी छिन् । लण्डनमा छायांकन हुने नेपाली सिनेमा ‘पासवर्ड’का लागि सन्नी लियोनी फाइनल भैसकेकी छिन् । उनले मोटो रकम बुझेर सिनेमामा काम गर्न लागेको वुझिएको छ । बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्न लागेको यस सिनेमामा सनी लियोनीसँग नेपालका केही चर्चित कलाकारहरुले काम गर्नेछन् अभिनेता नायक अनुप विक्रम शाही, अभिनेत्री छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहनेछ । अभिनेता अनुपले यो सिनेमा बन्ने आधिकारिक जानकारी दिएका हुन् । उनले सिनेमामा सन्नी लियोनी र आफूहरुको भूमिका अहिले नै खुलाउन नमिल्ने भन्दै सन्नीसँग आफ्ना धेरै सिनहरु रहेको खुलाए । अभिनेत्री सन्नी लियोनी भारतबाट केही दिनमा लण्डन पुग्नेछिन् भने अभिनेता अनुप विक्रम शाही पनि केही दिनमा लण्डन उड्नेछन् । सम्राट बस्नेतको निर्देशनमा बन्ने यस सिनेमामा विक्रम जोशीको पनि अभिनय रहनेछ । नेपाली र बलिउड चलचित्र र संकृतीलाई एकसाथ जोड्नका लागि यो सिनेमा निर्माण गर्न लागिएको निर्माण पक्षले बताएको छ । प्राविधिकदेखि सिनेमा छायाकंनका लागि प्रयोग हुने सबै सामाग्री भारतबाटै लगिने निर्माण पक्षले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.