‘क्याप्टेन’ पोस्टरमा अनमोलको खेलाडी अवतार

सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।

जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् ।

जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्छ । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन ।

उक्त फिल्म कात्तिक १६ गते प्रदर्शनमा आउन सक्ने प्रवल सम्भावना छ । भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’ मा यसपटक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदार गरेका छन् ।  उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।

गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि ‘क्याप्टेन’ मार्फत् पर्दामा देखिन लागेका अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निर्वाहा गरेका कारण दर्शकमाझ यस फिल्मको व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ । सार्वजनिक पोस्टरले फिल्मप्रति झनै कौतुहलता बढाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.