रुसद्वारा विशाल युद्ध अभ्यासको घोषणा

विविसि-रुसी व्यवहारबारे बढ्दो पश्चिमा चासोमाझ रुसका रक्षा मन्त्री सर्गेइ सोएगुले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेका छन्। ‘भोस्टोक २०१८’ नामकरण गरिएको सो अभ्यासमा तीन लाख जति सुरक्षाकर्मी, ३६ हजार ट्याङ्क तथा बख्तरबन्द गाडीहरू एवम् एक हजारभन्दा धेरै लडाकु विमानहरू सहभागी गराइने सोएगुले बताएका छन्।

रुसको उत्तरी तथा प्रशान्त जलसेनाका टोलीहरूका साथै चिनियाँ तथा मङ्गोलियाको सेना पनि सो सैन्य अभ्यासमा सहभागी हुनेछन्।

रुसको सशस्त्र फौजमा कम्तीमा १० लाख सदस्य रहेका छन्। भोस्टोक २०१८ को सैन्य अभ्यासमा सहभागी फौज र विमानको परिमाण द्वितीय विश्वयुद्धताका भएका ठूला लडाइँमा खटिएका सेनाको सङ्ख्या बराबर हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य अभ्यासको निरीक्षण गर्ने योजना गर्दैछन्।  रुसले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोसँगको तनावका बीच आफ्नो सैन्य प्रशिक्षण तीव्र पारेको छ। सन् २०१४ मा युक्रेनमा भएको रुसी सैन्य हस्तक्षेपले पश्चिमी प्रतिबन्धसहित उसको सीमानजिक नेटोको उपस्थिति बढाएको थियो।

गत महिना अमेरिकी राष्ट्रपति ट्रम्पले रुससँगको अमेरिकाको सम्बन्ध अहिलेको जस्तो खराब यसअघि पहिले कहिल्यै नभएको बताएका थिए तर हेलसिन्कीमा आफूले पुटिनलाई भेटेपछि सम्बन्ध सुध्रिएको उनले बताएका थिए।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.