एसिया कप छनोट: नेपालले दियो ओमानलाई २२३ रनको लक्ष्य

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ओमानलाई २२३ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सागर पुनको उकृष्ट ब्याटिङको सहायतामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनायो ।नेपाल सुरुवात सामान्य अवस्थामा रहेको छ । सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा थिए । पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेकबा खकुरेल मात्र ४ रनमा आउट भए ।

कप्तान पारस खड्काले पनि ठूलो पारी खेल्न सकेनन् । ज्ञानेन्द्रसँग २५ रनको साझेदारी गरेका पारस मात्र ८ रनमा आउट भए । तेस्रो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्र ५ रनले अर्धशतक बनाउन चुके । ६० बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । दिपेन्द्र सिंह ऐरी पनि व्यक्तिगत ९ रनमै आउट भए । सागर र आरिफ शेखले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । ४५ औं ओभरको पहिलो बलमा पाँचौं विकेटका रुपमा आरिफ आउट भए । आरिफले व्यक्तिगत ३६ रन बनाए ।

रोहितकुमार पौडेल शुन्यमै आउट भए सोमपाल कामीले पनि ५ रन मात्र बनाए । तर, नवौं नम्बरमा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र ९ बलमा २४ रनको साझेदारी गरे । पाँच बल बाँकी छँदा सागर ८३ रनमा रनआउट भए । ८४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का हाने । करणले १० बलमा २६ रन बनाउँदा भने बसन्त रेग्मीले खाता नै खोल्न सकेनन् । ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भ्रिज्लाल लिल्चेताले समान २÷२ विकेट लिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!