एसियाडमा नेपाल पदक विहीन हुनबाट जोगियो, प्याराग्लाइडिङमा रजत पदक

जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ । एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो ।

गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ अंकले मात्रै पछि प¥यो । पाँचौ राउन्डको खेल सकिदा नेपालले ११ हजार ३ सय ६४ जोडेको छ । पहिलो स्थानमा रहेको जापानले ११ हजार ३ सय ९१ अंक जोड्यो । प्यारग्लाइडिङमा रजत जितसँगै नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याएको छ । यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजत पदक दिलाएकी थिइन् ।क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । शीर्ष स्थान रहेको जापानका दुई खेलाडीले टास्क पुरा गर्न सकेनन् । नेपालले यसअघिका एसियाडमा तेक्वान्दो, बक्सिङ र करातेबाट गरी २३ पदक जित्न सफल भएको थियो ।प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । टिममा बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!