नेपाललाई २ सय ५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

भदौ १४– नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य प्राप्त गरेको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध संयुक्त अरब इमिरेट्स (युएई) ले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो ।

युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन बटुले । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

वेस्ट इन्डिजमा सिपिएल खेलेर सिधै मेलेसिया पुगेका सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए । ओमानसँगको खेलमा महंगो साबित भएका बसन्त रेग्मी र सोमापाल कामीले समान २ विकेट लिए ।

ओमानसँगको पहिलो खेल ७ विकेटले पराजित नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । छनोटमा रहेका ६ टोली मध्येको विजेता यसै महिना सुरु हुने एसिया कपको लागि छनोट हुनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.