दाजुबाटै बहिनी बलात्कृत

धनगढी, १७ भदौ । दाजु–बहिनीको सम्बन्धलाई नेपाली समाजले पवित्र सम्बन्धको रुपमा लिने गरेको छ । तर, कैलाली धनगढीका एक युवाले बहिनीलाई बलात्कार गरेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–६ की १४ वर्षीया किशोरी फुपूको छोराबाट बलात्कारको शिकार बनेकी छन् । किशोरीमाथि ३३ वर्षीय हर्कबहादुर कुँवरले बलात्कार गरी फरार भएका छन् ।

भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा–७ मा अध्ययनरत छन् ।
बालिकाका आमा–बुवा पहाड (अछाम) मा भएका बेला उनीमाथि बलात्कार भएको हो । बालिकामाथि १३ गते बलात्कार भए पनि परिवारका सदस्यहरूले १५ गते मात्रै इलाका प्रहरी कार्यालय सुखडमा खबर गरेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । आमा–बुबा पहाडमा रहेछन्, अनि बालिकाले प्रहरीलाई भन्दा पनि आफ्ना आमा–बुवालाई खबर गरिछन्, बुवा पहाडबाट आएपछि मात्रै प्रहरीलाई खबर गरियो’, प्रहरी उपरीक्षक घिमिरेले भने ।

बालिकाका बुबा आर्थिक अवस्था कमजोर भएका कारण कामका लागि भारत आवतजावत गर्छन् । यस पटक पनि केही दिनअघि उनी भारतबाट आएर छोरीलाई भेटी अछाम गएका थिए । भदौ १३ गते रातिको घटनाबारे इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार मात्रै उजुरी आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

उनले उजुरी आए लगत्तै कुँवरलाई पक्राउ गर्न प्रहरी गए पनि उनी फरार भएको बताएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.