मेसी फिफा वर्षको उत्कृष्ट खेलाडीको शीर्ष ३ मा पर्न असफल

ज्युरीच (एजेन्सी) – अर्जेन्टिनाको राष्ट्रिय टोली एवं युरोपको महारथी बार्सिलोनाका कप्तान एवं स्टार खेलाडी लिओनेल मेसी १२ वर्षपछि फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी अवार्डको शीर्ष ३ मा पर्न असफल भएका छन् ।

सन् २००६ देखि लगातार शीर्ष ३ स्थानमा पर्दै आएका अर्जेन्टिनी फरवार्ड यसपटक भने सो सुचिमा अटाउन सकेनन् । उनी १० खेलाडीको प्रारम्भिक सुचिमा भने रहेरका थिए । यस वर्षको अवार्डका लागि शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् । फिफाको द बेस्ट अवार्ड विश्व फुटबलका सबै देशका प्रशिक्षक, कप्तान र अधिकारिक पत्रकारको भोटको आधारमा प्रदान गरिने प्रावधान छ ।

शीर्ष तीनमा परेका रोनाल्डोले गत सिजन क्लब फुटबलमा च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । मोड्रीचले पनि सोहि उपलब्धिसँगै क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । यहि आधारमा मेसीभन्दा बढी अंक जोड्दै तीन खेलाडी अन्तिम सुचिमा समावेश भएका हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.