एसिया कप छनोट: नेपाल लिग चरणबाटै बाहिरियो

काठमाडौं  – एसीसी एसिया कप छनोटको अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल लिग चरणबाटै बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै ३३ औं ओभरमा पूरा गरेको हो ।

हङकङका लागि अंशुमन रथले अर्धशतक प्रहार गरे । उनले ८२ बलमा ३ चौका र १ छक्कासहित ५२ रन प्रहार गरे । किञ्चित शाहले ११ रनको योगदान दिए । जेम्स कार्टर ८, बाबर हायात २ र निजाकत खान २ रनमा आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १-१ विकेट लिए ।

त्यसअघि युकेएम ओभलमा नेपालले खराब ब्याटिङ प्रदर्शन ३७ ओभर ५ बलमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । नेपालका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक रन बनाए । अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रन बनाए । पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।

हङकङका इसान खानले ४ विकेट लिए । तनविर अफजल र मोहम्मद अजिज खानले समान २ सवकेट लिए । इसन नवाज र नदिम अहमेदले समान १ विकेट लिए । यस पराजयसँगै नेपालले एसिया कप छनोटको यात्रा लिग चरणमै टुंग्याएको छ । नेपालले खेलेका पाँच मध्ये मलेसिया र सिंगापुरलाई मात्र हराउन सक्यो

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.