५ वटा रेडपाण्डाको छालासहित दुई पक्राउ

सोलुखुम्बुसोलुखुम्बु थुलुङ दुधकोशी–५ का शुक्र राई र सोलुखुम्बु थुलुङ दुधकोशी-६ का पदम श्रेष्ठ काठमाडौंको दरबारमार्गबाट ५ वटा रेडपाण्डाको छालासहित पक्राउ परेका छन् । महागनरीय प्रहरी वृत्त, दरबारमार्गले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

ठमेल लैजाने क्रममा रेड पान्डासहित दुई जनालाई पक्राउ गरिएको वृत्तका डिएसपी दानबहादुर मल्लले पुष्टि गरे । प्रहरीले उनीहरुको साथबाट रेडपाण्डाको पाँच थान छाला बरामद गरेको छ । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.