जग्गाधनीलाई थाहै नदिई मालपोत कर्मचारीले १० करोडको बेचिदिए जग्गा

काठमाडौं । लालपुर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै पर्यो । तर, अब भने प्रश्न पैदा भएको छ । लालपुर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ ।

यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई । बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिएका छन् । नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.