नवजात शिशुको लाश वेवारिसे अवस्थामा

खोटाङ, भदौ २२ गते खोटाङको सदरमुकाममा आज एक नवजात शिशुको लाश वेवारिसे अवस्थामा भेटिएको छ । खोटाङको सदरमुकाम दिक्तेलबाट लफ्याङ जाने बाटोको भुर्तेढुङ्गास्थित भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक ध्रुव श्रेष्ठले बताउनु भयो
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भुर्तेढुङ्गास्थित वेवारिसे अवस्थामा नवजात शिशुको लाश काटुनमा म्याक्सीले पोका पारेको अवस्थामा भेटिएको हो
आज साँझ स्थानीयले बाख्रा चराउने क्रममा भेटेर प्रहरीलाई खबर गरेका थिए । सुचना पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उत्त वेवारिसे लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी श्रेष्ठले बताउनु भयो । उहाका अनुसार घटनाको विषयमा अनुसन्धान भईरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.