‘कुल्फीवाला’ सम्मानित

२३ भाद्र/काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा ‘कुल्फीवाला’ उपनामले भाईरल भएका मनकुमार राई ‘उद्यमी’ पुरस्कारबाट सम्मानित भएका छन् । जिमी (राई) उत्थान समाज सोलुको २० औं वार्षिकोत्सवमा ‘कुल्फीवाला’ लाई ताम्रापत्र र नगद सहित सम्मानित गरिएको हो ।

सम्मानित भएपछि मन्तव्य दिँदै ‘कुल्फीवाला’ मनकुमारले सम्मानको लागि लायक नभए पनि सम्मानित गरेकोमा समाजप्रति धन्यवाद दिए । ‘मेरो कामको मूल्यांकन गरेर छोटो समयमै उद्यमी जस्तो उच्च विधाको पुरस्कारले सम्मानित गर्नुभएकोमा समाजप्रति ऋणी भएको छु’ राईले भने, ‘सामाजिक सञ्जाल मार्फत दर्शकस्रोताले दिएको अतुलनीय मायालेनै यो पुरस्कारको हकदार बनाएको हो, तपाईहरुको अतुलनीय माया, सदभाव र सहयोगको लागि धेरै धेरै धन्यवाद ।’
उनीसँगै अन्य विभिन्न क्षेत्रका ४ जनालाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा खेलकुदतर्फ कराते खेलाडी विनिता राई र ऐश्वर्य राई ताम्रापत्र एवं नगद सहित सम्मानित भएका छन् । त्यसैगरी शारीरिक सुगनठन सुष्मा राईलाई पनि प्रमाणपत्र र नगद सहित सम्मान गरिएको छ । पत्रकारिता विधामा भने मदन राई प्रमाणपत्र र नगदसहित सम्मानित भएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.