१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकै गाउँका नौ पक्राउ

१३ वर्षीया बालिका बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले देउमाई नगरपालिका वडा नं. ९ का नौजना पक्राउ गरेको छ । एकजनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने आठजनालाई शनिबार मात्र पक्राउ गरेको हो ।

बालिकाको पेटमा २४ हप्ताको गर्भ रहेको जनाइएको छ । उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम खुलाउन नमिल्ने बताए ।

बालिकाको पेट बढ्न थालेपछि परिवार र आफन्तले सोधपुछ गरेका थिए । उनले आफ्नै फुपाजुले बलात्कार गरेको बताएकी थिइन् । त्यसपछि स्थानीयले फुपाजुलाई बालिका जिम्मा लगाएर घटना मिलाएका थिए । गाउँमा नै घटना मिलाए पनि अधिकारवादी संघसंस्था प्रहरीमा पुगेका थिए । प्रहरीले फुपाजुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ । उनको म्याद थप गराउन सरकारी वकिलले बालिकाको बयान लिने क्रममा उनले अरू १० जनाको पनि नाम लिएकी थिइन् ।

बालिकाको २४ हप्ताको गर्भ छ । उनी कक्षा ६ मा पढ्छिन् । उनको पेट अस्वाभाविक देखिएपछि परिवार र आफन्तले सोधपुछ गर्दा बलात्कार भएको खुलेको थियो । बालिकाको परिवारको आर्थिक अवस्था कमजोर रहेको स्थानीयको भनाइ छ  बलात्कार आरोपमा पक्राउ पर्नेहरू १८ वर्षदेखि ६५ वर्षसम्मका छन् । सबैभन्दा पहिला पक्राउ परेका बालिकाका फुपाजु ६० वर्षका हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.