१५ वर्षीय बालकले १२ वर्षीया बालिका बलात्कार गरे

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आइतबार १५ वर्षीय बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको छ । घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेको दाबी गरिएको हो ।

परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन् । त्यो आवाज छिमेकीले सुनेपछि घटना सार्वजनिक भएको हो । बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.