एक दाना रुद्राक्ष निकासी गर्दा ३५ हजार कर

२५ भदाै-प्रदेश १ सरकारले रुद्राक्ष निकासीमा प्रतिदान ३५ हजार कर तोकेको छ । प्रदेश सरकारले बनाएको आर्थिक ऐन २०७५ अनुसार एउटा रुद्राक्षको जिल्ला निकाशी शुल्क ३५ हजार रुपैयाँसम्म तोकिएको हो । रुदाक्ष जिल्ला निकाशी गर्दा २६ र २७ मुखे रुदाक्ष प्रतिगोटाको शुल्क ३५ हजार रुपैया तोकेको छ ।
त्यस्तै २२, २३, २४ र २५ मुखे रुदाक्षको जिल्ला निकासी कर प्रतिगोटा १९ हजार रुपैयाँ तोकिएको छ । २१ मुखे रुदाक्ष जिल्ला निकासी गर्दा २५ हजार ताकिएको छ । प्रदेश १ का पहाडी जिल्लाहरुमा रुद्राक्ष उत्पादन हुन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.