साफ च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल ३–० ले पराजित, 

बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भैरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा मालदिभ्सले नेपालविरुद्ध तीन–शून्य गोलले पराजित भएको छ ।

खेलको ८४औँ मिनेट र ८७ औँ मिनेटमा मालदिभ्सका लागि अब्दुल्लाहले दोस्रो र तेस्रो गोल गरेका थिए ।

खेलको नवौँ मिनेटमा मालदिभ्सका इब्राहिम हसन वाहिदले सोझै फ्रिकिकलाई गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए ।

आजको खेलमा नेपालको डिफेन्स केही कमजोर देखिएको थियो भने टिमको कम्बिनेशन पनि राम्रो देखिएन । हारसँगै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.