६ दिनयता विमान स्थल बन्द हुदा ३ सय भन्दा बढि पर्यटक अलपत्र

www.afnonews.com

विवश कुलुङ
सोलुखुम्बुभदौ २९ गते /तेन्जिङ हिलारी विमानस्थल लुक्लामा ६ दिनदेखि जहाज नआउदा पर्यटकहरु मारमा परेका छन् । सगरमाथा क्षेत्रमा पर्यटकको आगमन हुने एक मात्र विकल्पको रुपमा रहेको विमान स्थल ६ दिनयता हुस्सुले ढाकेको हुदा विमान उडान अवरुद्ध बनेको हो ।
पर्यटकीय क्षेत्रमा आएका पर्यटकहरु ६ दिनदेखि विमान स्थल आउदै फर्कदै गरेको हुदा पर्यटकहरु प्रतिकुल मौसमका कारण लुक्लामा नै थुनिएको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँरका अनुसार ३ सय भन्दा बढि पर्यटक फर्कन नपाएर लुक्लामा नै अलपत्र परेका छन् । पर्यटकहरु खुम्बु क्षेत्रमा हिमालको आरोहण, अवलोकण गर्नुका साथै साहसिक खेल प्याराग्लाईडिङ लगायत विभिन्न जीव जनावरहरुको अवलोकनमा आउने गर्दछन् ।
सगरमाथा क्षेत्रमा पर्यटक नआएपछि व्यवशायी पनि मारमा परेका छन् । तेन्जिङ हिलारी विमान स्थल लुक्ला पर्यटक आगमनको लागि मात्र नभई खाद्यान्न ढुवानी गर्ने माध्यम पनि भएकोले कृषि उपज सामाग्रीहरुको अभाव सुरु भएको नाम्चे होटल व्यवशायी संघका सदस्य लामाकाजी शेर्पाले बताउनु भयो । सगरमाथा क्षेत्रमा खासै कृषि उत्पादन नहुने भएकोले सगरमागा क्षेत्रको अधिकाँश होटलहरु काठ्मान्डौका तरकारीले धान्दै आईरहेको हुदा व्यवशायीलाई समस्या भएको हो । साथै पर्यटकीय बजारमा पर्यटक नै नआएपछि व्यापार पनि खस्केको नाम्चे होटल व्यवशायी संघले जनाएको छ

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.