अलैचीको विरुवाबाट तीन लाख आम्दानी

http://afnonews.com

सोलुखुम्बु, भदौ ३० गते । सोलुखुम्बुको सोताङ गाउपालिका ५ वखपलमका कृषक तिल बहादुर बस्नेतले यस वर्ष अलैचीको विरुवा बिक्रीबाट लाखौ आम्दानी गर्नु भएको छ । बस्नेतले अलैचीको विजबाट उत्पादित विरुवा बेचेर ३ लाख बढि आम्दानी गर्नुभएको बताउनु भयो ।
सोलुखुम्बुका नगदेबाली अलैचीतर्फ आर्कषण बढ्न थालेपनि एक दशकयता विरुवा उत्पादन गर्दे आउनु भएका बस्नेतले यस वर्षको जेठदेखि साउनसम्म प्रतिबोट पाँच रुपैका दरले ६० हजारभन्दा बढि विरुवा बिक्री गरि ३ लाख बढि आम्दानी गर्न सफल भएको बताउनु भयो । थोरै लागनीमा व्यवशाय सुरु गर्न सकिने उक्त विरुवा उत्पादन कार्यबाट राम्रो आम्दानी भएको बताउनु भयो ।
अलैचीको विरुवा विक्री गर्न लायक हुनलाई तीन वर्ष पर्खनुपर्ने भएकोले लगानी भन्दा धैर्यता आवयश्यकता भएको हुदा तीनवर्षसम्म स्याहार गरेपछि सोचेभन्दा धेरै आम्दानी भएको बताउनु भयो । बस्नेतले उत्पादन गर्नु भएको अलैचीको विरुवा जिल्लाको विभिन्न गाउपालिकासँगै खोटाङसम्म पुगेको बताउनु भयो ।
कोदो, धान, मकै जस्ता वाली उत्पादन हुने जग्गमा समेत अलैची उत्पादन हुन थालेकोले माग धेरै रहेकोले व्यवशाय सुरु गरेका बस्नेतका अनुसार अर्काे वर्ष ६ लाख बराबरको विरुवा बेच्न लायकको हुनेछ । साथै माग राम्रै रहेकोले अर्काे वर्ष सबै विरुवा बेचीसक्ने बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.