नया शक्तिका संयोजक बाबुरामविरुद्ध अमेरिकामा कालाे झण्डा

अमेरिका भ्रमणकाे क्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध कालाे झण्डासहित प्रदर्शन गर्दै   नेपाली प्रदर्शनकारीले   नाराबाजी गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले चलाएकाे युद्धमा हजारौं नागरिकको मृत्यु भएको प्रसंग उप्काउँदै प्रदर्शनकारी युवाहरुले डा. भट्टराईलार्इ कालाे झन्डा देखाएका हुन् ।

प्रदर्शनकारीले ‘बेटर डेड द्यान रेड’ लेखिएका प्लेकार्ड बाेक्दै ‘गो ब्याक’ भनेर नारा लगाए । डिसी मेट्रो एरियाबाट एक कार्यक्रमका लागि टेक्सास जाने क्रममा डा‍ भट्टरार्इ र उनकी पत्नी हिसिलाकाे विराेधमा प्रदर्शन गरेका हुन् ।

भाद्र २८ गतेदेखि अमेरिकाकाे राजनीतिक/सामाजिक अध्ययन गर्न भन्दै डा भट्टराई पत्नीसहित त्यहाँकाे भ्रमणमा छन् । उनी असोज २२ सम्म अमेरिकमै रहने जनाइएकाे छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.