आठदिनपछि मौसम खुल्दा साढे तीनसय बढि पर्यटक फर्के, साढे दुई सय पर्यटक आए

www.afnonews.com

सोलुखुम्बु, भदौ ३१ गते/सगरमाथा क्षेत्रमा पर्यटकको आगमन सुरु भएसँगै बन्द भएको ८ दिनपछि मौसम सफा हुदा लुक्लाबाट ३ सय ७२ जना पर्यटकले आज फर्कन पाएका छन् त्यकिकै संख्यामा सरगमाथा क्षेत्र प्रवेश पनि गरेका छन् । आठ दिनसम्म लगातार मौसम खराव हुदा अलपत्र परेका सबै पर्यटक फर्कन पाएको नोपल नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेद्र कुँवरले बताउनु भयो ।
गत २४ गतेदेखि बन्द रहेको तेन्जिङ हिलारी विमान स्थलमा आज मौसम खुलेसँगै आज ३५ वटा उडान भएको छ । नेपाल नागरिक उडड्यान प्राधिरण लुक्लाको तथ्याङ्क अनुसार १० हवाईजहाज र २५ वटा हेलीकोप्टर मार्फत साढे तीनसय बढि पर्यटकले लुक्लाबाट काठ्मान्डौ फर्कन पाएका हुन् । लामो समयदेखि मौसममा समस्या हुदा समस्यामा परेका पर्यटकहरुले आज फर्कन पाएपनि खुशी भएका छन्
आज मौसममा सुधार आएसँगै खुम्बु क्षेत्रमा पर्यटकको आगमन पनि रामै्र भएको छ । पर्यटक प्रहरी कार्यालय लुक्लाको तथ्याङ्क अनुसार आठदिनदेखि सगरमाथा क्षेत्र प्रवेशमा शुन्य रहेको पर्यटकको संख्या आज दुईसय ५८ पुगेको छ आज लुक्ला विमानस्थलमा उडान भएसँगै खुम्बु क्षेत्रमा व्यवशायीहरु खुशी भएका छन् । पर्यटकको आगन बाक्लिएसँगै होटल पसल खोलेर पर्यटकको पर्खाईमा बसेका व्यवशायीहरु को व्यवशाय एकहप्तादेखि खस्केको भएपनि मौसम सुधारभएसँगै खुशी भएका हुन् । नाम्चेका होटल व्यवशायी पेम्बा शेर्पाका अनुसार धेरै पर्यटकले होटल वुकिङ गरेको भएपनि मौसम खुल्न नसक्दा रद्ध गरेका छन् । यसरी मौसम खराव हुदा सगरमाथा क्षेत्र आउने पर्यटकहरु आउन नपाउने बाध्यता रहेको हुदा तेन्जिङ हिलारी विमान स्थलको विकल्पको विषयमा सडक सञ्जाल परेको हुदा निर्मााणमा तिव्रता दिनुपर्ने स्थानीयहरुको माग छ

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.