सगरमाथा क्षेत्रमा पर्यटक बाक्लियो

http://afnonews.com

सोलुखुम्बु, असोज २ गतेसगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ । एक हप्तासम्म बन्द भएको लुक्ला विमान स्थल खुलेसँगै पर्यटकको संख्या पनि बढेको छ ।
सगरमाथा क्षेत्रमा असोजदेखि मंसिर र फाुगनदेखि जेठ गरि वर्षको करिव महिना बाक्लै पर्यटकको आगमन हुने गरेका छ भने अन्य समय फाट्टफट्ट मात्र आउने गरेका छन् । असोज लागेसँगै सगरमाथा क्षेत्रका प्रकृतिक सुन्दरतासँग रम्ने पर्यटकको घुईचो सुरु भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । पर्यटक प्रहरी कार्यालय लुक्लाको तथ्याङक अनुसार आईतबार दुई सय ४४ पर्यटकले सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । सोमबार दुई सय ८५ जना पर्यटकका आगगन भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न आउने पर्यटकहरुको आगमन दिनप्रतिदिन बढ्न थालेको हो ।
केही दिनदेखि सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकहरुको आवातजावत बढेको छ । हवाईमार्ग प्रयोग गरी आउने पर्यटकहरुका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान संख्या दिन प्रतिदिन बढिरहेको नेपाल नागरिक उड््यन प्राधिकिरण लुक्लाका प्रमुख योगेन्द्र कुँवरले बताउनु भयो ।
पर्यटकको चाप बढ्न थालेपछि पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रहरीहरु व्यस्त हुन थालेका छन् । पर्यटक प्रहरी कार्यालय लुक्लाका अनुसार दुईचारदिन यता दैनिक करिव तीन सयको हाराहारीमा पर्यटकहरुले सगरमाथा क्षेत्र प्रवेश गर्न थालेका छन् । यस अघि दैनिक ४०/४५ को हाराहारीमा मात्र पर्यटक आउने गरेकामा एकहप्ताको विचमा पर्यटकको संख्या बढेको हो ।
सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुको पर्यटक पहरी कार्यालय लुक्लामामा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ । प्रहरीले पर्यटकहरुलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकहरुले अपनाउनै पर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुराहरु आदि विषयमा पर्यटकहरुलाई जानकारी समेत प्रदान गर्ने काम गर्दछ ।
पर्यटकहरु असोज कातिकको महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकनका लागि वर्षेनि हजारौं हजारौं संख्यामा आउने गरेका छन् । सिजनको सुरुवातीसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङबोचे लगायतका ठाउँहरुमा बन्द रहेका होटलहरु खुल्न थालेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.