भद्रगोलका  काकुको निर्देशनमा बन्यो रेलिमाई

भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशनमा रेलिमाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपकले बुधबार आफ्नो जन्मदिन पारेर यो भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक भिडियोमा महेश भण्डारीको आवाज रहेको छ ।

सार्वजनिक भिडियोमा भिमफेदी गाइज, सुजन मार्फा तामाङ्ग र आँचल शर्मालाई फिचर गरिएको छ । यसका साथै भिडियोमा दीपक आफैले पनि अभिनय गरेका छन् । गीतमा निर्देशक दिपक आचार्यकै शब्द रहेका छन् । भने राजेन्द्र भट्टको संगीत रहेको छ ।  गीतारमा सञ्जीव बराइलीले साथ दिएका छन् भने सारंगीमा धर्मा गन्धर्व रहेका छन् ।  भिडियोमा रविन्द्र बरालको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोलाई धुर्मुस सुन्तलीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.