यस्तो छ चलचित्र छक्का पञ्जा ३

यस वर्षकै प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ यतिबेला प्रदर्शन भइरहेको छ । आमा सरस्वती मुभिज प्रा लि को व्यानरमा निर्माण भएको चलचित्रले ओपनिङ नै बम्पर गरेको छ । चलचित्रका निर्माता तथा निर्देशक केहि समय अघि हास्य टेलिचलचित्र मै रमाइरहेका थिए । हास्य टेलिश्रींखला तितोसत्य,मेरीबास्सै,जिरेखुर्सानी लगायतका हास्य टेलिश्रींखला निर्माण गरिरहेका ति नै हास्य कलाकारहरुले एक पछि अर्को सफल चलचित्र निर्माण गरिरहेका छन् ।

छ एकान छ बाट सुरु भएको यो यात्रा वडा नम्वर छ,छक्का पञ्जा,छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ मा आइपुगेको छ । हरेक चलचित्रले एक पछि अर्को रेकर्ड राख्दै आइरहेको छ । प्रदर्शन रत चलचित्र छक्का पञ्जा ३ ले २ दिनमै २ करोडको ग्रस कलेक्सन गरिसकेको छ । हास्य कलाकारहरुलाई चलचित्र नगरीको लिड रोलमा उभ्याउनका निम्ति यो व्यानरले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ भन्दा फरक पर्दैन । दिपाश्री निरौला त्यस्ती निर्देशक हुन जसले निर्देशन गरेका चलचित्रहरुले घाटा चाख्नु परेको छैन । बरु नेपाली चलचित्र नगरीमा करिव २० करोडको व्यापार असम्भव छैन भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् ।

दिपक राज गिरी,दिपाश्री निरौला,जितु नेपाल र केदार घिमिरेको सहकार्यमा उनिहरुले चलचित्र निर्माण गर्दै आएका छन् । दर्शकको रुचि अनुसारको चलचित्र निर्माण गर्न महिर छन् उनिहरु । आमा सरस्वती मुभिज प्रा लि को व्यानरमा हरेक वर्ष एउटा चलचित्र निर्माण गर्ने तर दर्शकले रुचाउने विषयवस्तुको अध्ययन गरेर सफल चलचित्र निर्माण गर्ने उनिहरुले सिद्दान्त नै बनाएका छन् । त्यसका निम्ति उनिहरुले आफ्नो व्यानर बाहेकका चलचित्रहरुमा काम नगर्ने सम्झौता नै गरेका छन् । काम गरे पनि सबैको सहमतीमा गर्ने उनिहरुको धारणा छ ।

आमा सरस्वती मुभिज प्र लि को व्यानरमा निर्माण भएको पाचौ श्रिंखला हो छक्का पञ्जा ३ । यो चलचित्र घटस्थापनाका दिनबाट रिलिज भएको छ । यस अघिका चलचित्रहरु मनोरञ्जन का खुराकका रुपमा मात्र लिइने गरिएको थियो । तर छक्का पञ्जा ३ ले भने मनोरञ्जन सगै नेपालमा भइरहेको शिक्षा प्रणाली माथी चोटिलो व्यंग्य प्रस्तुत गरेको छ । त्यस सगै आर्थिक सम्पन्नता र विपन्नता भएका मानिसहरुलाई गरिने व्यवहार, एउटै समुदायमा बसोवास गर्ने मानिसमा हुने गरेका जातिय विभेद लगायतका कुराहरुलाई समेत चलचित्रले आकर्षक शैलीमा प्रस्तुत गरेको छ ।

चलचित्रमा झुलेबस्ती नामक एउटा गाउँ छ, र सोहि गाउँमा बसोवास गर्ने मानिसहरुको वरिपरि चलचित्रको कथा घुमेको छ । गाउँमा एउटा सामुदायिक विद्यालय छ । विध्यालयको नाम खानी डाँडा माध्यामिक विद्यालय राखिएको छ । गाउँका काजी (नीर शाह) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । उनि अब हुने चुनाबका निम्ति तयारीमा छन् । उनले टिकट पाउने लगभग पक्का भइसकेको हुन्छ । तर, सोहि गाउँमा वसोवास गर्ने वाङ्देल (शिशिर वाङ्देल) उनको राजनितिक यात्रमा तगारो बनेर उभिन्छन् । उनि विध्यालयमा भएको राजनितीका कारण चलेको मनोमानीमा असन्तुष्ट देखिएका छन् । चलचित्रमा काजीका भाई र उनको छोराले भने सोहि गाउँमा निजी विध्यालय सञ्चालन गर्दै आएका छन् ।

गाउँमा हुने साना देखि ठुला कार्यक्रमहरु सोहि सामुदायिक विध्यालयमा गरिने हुदा विध्यार्थीहरुको अध्ययन अध्यापन लथालिंग नै भइसकेको छ । विध्यालयमा शिक्षक छन् तर उनिहरु विध्यालयमा भन्दा अफ्नै बाहिरी खेतीमै व्यस्त छन् । ७ कक्षा पढेकोे जँड्याहा बाबु छोराको खेताला शिक्षक बनेर पढाउन गएका छन् । सबैको आ आफ्नै ताल छ । तर विध्यार्थीहरुको भविष्यको मत्लब कसैलाई छैन । यत्तिकैमा काजीको राजनीति धरापमा पर्दै जान्छ । आफ्नो प्रयासले मात्र कार्य नबन्ने खतरा बढेपछि पण्डितको सल्लाह अनुसार आफूलाई छोडेर गएकी श्रीमतीसँग बस्दै आएको राजा (दिपकराज गिरी) लाई गाउँमा झिकाउछन् ।

गाउँमा राजाको प्रवेशले राजनीतिमा अर्कै रुप लिन्छ । यो नै छक्का पञ्जा ३ को मुख्य विषयवस्तु हो । नेपालमा धेरै विध्यालयहरु छन् । जाहाँ अध्ययन अध्यापन भन्दा आफ्नो राजनितिको सुरुवात गर्ने थलोका रुपमा लिने गर्छ । ति नै सामुदायिक विध्यालयको प्रतिनिधित्व खानीडाँडा माध्यामिक विध्यालयले गर्छ । देशको विकासका निम्ति भनेर राजनितिमा लागेका व्यक्तिहरुले उठान गर्नुपर्ने विषयवस्तुलाई चलचित्रले गम्भीर शैलीमा उठान गरेको छ । सरकारले सोच्न आवस्यक विषयलाई चलचित्रले व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । सरकारले सामुदायिक विध्यालमा ठूलो लगानी गरेको छ । तर लगानी गरे अनुसारको शिक्षण प्रणालीमा विकास हुन सकेको छैन । त्यसको मुख्य कारण विध्यालयमा आ आफ्नो स्वार्थका निम्ति गरिने राजनिति नै भएको कुरालाई चलचित्रले उतकृष्ट ढंगबाट प्रस्तुत गरेको छ ।

चलचित्रका मुख्य कलाकारुले आफ्नो भुमिकालाई न्यायपुर्वक निर्वाह गरेका छन् । चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’ को हरेक ठाउमा हुने इन्ट्रीले दर्शकलाई मज्जाले हसाएको छ । नव कलाकार अहाना पोखरेलले गरेको भुमिकालाई निकै आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । सबैले आ आफ्नो क्षेत्रबाट राम्रो काम गरेका छन् । चलचित्रमा निर्देशक दिपाश्री निरौलाको मेहेनत अहम देखिएको छ । यसैगरी लेखनको कोणबाट दिपकराज गिरीको मिहिनेत चलचित्रमा अझ बढी देखिन्छ । यस्तै दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले मिलेर तयार गरेको संवादले दर्शकलाई राम्रै सग हसाएको छ । समग्रमा चलचित्र उत्कृष्ट बनेको छ । चलचित्रको हास्य शैली र उठान गरिएको विषयबस्तुले दर्शकको मन जित्नेमा दुई मत छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.