लगातार ३ सुपरहिट, ह्याट्रिक गर्ने निर्देशक

नेपाली सिनेमा उद्याग सानो छ । यहाँ एउटा सिनेमा निर्माण गरेपछि निर्मातालाई त्यसको लगानी उठाउनै मुश्किल पर्छ । नेपालमा कमै मात्र त्यस्ता निर्माता होलान् जसले सिनेमाको लगानी उठाउन सकेका छन् । तर पछिल्लो समय यसको विकासक्रम बढ्दै गएको छ । यहाँ विदेशी सिनेमाको ठाउँ नेपाली सिनेमाले नै लिन थालेका छन् । हिन्दी सिनेमामा देखिने गरेको नेपाली दर्शकको भिड नेपाली सिनेमामा देखिन थालेको छ । यसले निर्मातालाई केही राहत भने दिन थालेको छ ।

यहि कारण पनि पछिल्लो समय निर्माता तथा निर्देशकले सिनेमामा विशेष मिहिनते गर्न थालेका छन् । मिहिनेत गर्ने मध्ये केहीले पूर्ण रुपमा सफलता पाएका छन् भने केहीले सन्तोष जनक सफलता र खुशी हात पारेका छन् । तर नेपाली सिनेमाकै ईतिहासमा हाँस्यकलाकारको टिम एक मात्र त्यस्तो टिम बनेको छ जसले लगातार पाँच पटक सफलता पायो । सिनेमा ६ एकान ६ बाट हुरु भएके यो टिमको यात्रा अहिले छक्का पञ्जा ३ सम्म आईपुगेको छ । यो टिमले निर्माण गरेका पाँचवटै सिनेमा हिट भए ।

सिनेमा कस्तो बनाउने भन्ने कुरा निर्देशकको हातमा हुन्छ । कथालाई कसरी प्रस्तुत गर्ने भन्ने जिम्मेवारी निर्देशकले पाएको हुन्छ । यदि निर्देशकले कथामा खेल्न सकेन भने कथा राम्रो भएर पनि सिनेमा राम्रो बन्न सक्दैन । हाँस्यकलाकार टिमको सफलतामा कायापलट तब भयो जब कलाकार दीपाश्री निरौला निर्देशकको रुपमा मैदानमा उत्रिईन् । उनले निर्देशन गरेको छक्का पञ्जाले नेपाली सिनेमाको ईतिहासमा केहि त्यस्ता रेकर्डहरु राख्यो जुन त्यसअघि कुनै पनि सिनेमाले राख्न सकेका थिएनन् ।

छक्का पञ्जाले मल्टिप्लेक्समा ५१ दिन मनायो । नेपाली सिनेमाको ईतिहासमा सबैभन्दा धेरै १७ करोडको कारोबार गर्यो । म्हिला निर्देशकको हकमा पहिलो हिट सिनेमा बन्यो । इस्ता अन्य केही रेकर्डहरु पनि यो सिनेमाले आफ्नो नाममा गर्यो । इो सिनेमा उत्कृष्ट बन्नुमा निर्देशक दीपाश्री निरौलाको मुख्य भूमिका थियो ।

कलाकारितामा २५ वर्ष लामो अनुभव संगालेर निर्देशन गरेको पहिलो सिनेमाले नै ठूलो सफलता पाएपछि दीपाले निर्देशनलाई निरन्तरता दिने सोच राखिन् र यहि सिनेमाको सिक्वेल अर्थात छक्का पञ्जा २ निर्देशन गरिन् । यो सिनेमाले पनि आक्रामक कारोबार गर्यो । छक्का पञ्जाको तुलनामा कम कारोबार गरेको भएपनि यो सिनेमाले १४ करोडको कारोबार गर्दै सिनेमा उद्योगमा अर्को रेकर्ड कायम गर्यो । यो दीपाश्रीको निर्देशनको दोस्रो ठूलो सफलता बन्यो । उनको सफलता यतिमात्रै सिमित रहेन । सिनेमा छक्का पञ्जा ३ सम्म आईपुग्दा पनि कायमै रहेको छ ।

गत बुधबार अर्थात घटस्थापनाको दिन देखि प्रदर्शनमा आएको सिनेमा छक्का पञ्जा ३ ले ४ दिनमा ४ करोडको कारोबार गरिसकेको छ । सिनेमाका समिक्षकहरुले यो सिनेमा छक्का पञ्जा र छक्का पञ्जा २ भन्दा उत्कृष्ट रहेको प्रतिकृया दिएका छन् । त्यस्तै दर्शकले पनि सिनेमामा सहि विषय उठाएको र निर्देशकको काम उत्कृष्ट भएको प्रतिकृया दिएका छन् । अहिले सिनेमा हेर्न आउने दर्शकको चाप हेर्दा यो सिनेमाले अब केही दिन हैन महिनौँ हलमा दर्शकको साथ पाउने देखिन्छ ।

यस्तो प्रतिकृया र दर्शकको साथ पाउनु भनेको दीपाश्रीका लागि र समग्र टिमकै लागि खुशीको कुरा हो । यस्ता कुराहरुले यो टिमलाई थप उर्जा र हौसला दिएको छ । लगातारका सफलता हेर्ने हो भने यो टिमले नै सफलतामा ह्याट्रक गरेको छ । निर्देशनमा हिसाबमा पनि निर्देशक दीपाश्री निरौलालो ह्याट्रक मारेकी छिन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.