जितसँगै किरणको टोली लिगको शीर्षस्थानमा

कात्र्तिक ९– माल्दिभ्सको धिवेही प्रिमियर लिगअन्तर्गत टीसी स्पोर्ट्सले न्यु रेडियन्ट क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । टीसीबाट खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले लगातार क्लिन सिट राख्न सफल भए ।

यस जितसँगै टिसी स्पोर्ट्स अंक तालिकामा ११ खेलमा ३० अंक जोड्न सफल भएको छ । दोस्रो स्थानमा रहेको क्लब इगल्सको १० खेलमा २३ अंक छ । टिसीले जारी लिगमा ३४ गोल गर्दै हालसम्म ३ गोल मात्र खाएको छ । सोमबार भएको खेलमा अलि अस्फाक एक्लैले ४ गोल गरेपछि टिसीले भिक्ट्रीलाई ४-० ले हराएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.