छक्का पञ्जा ३ ले १७ औ दिनमा १६ करोड ४ लाखको व्यापार गर्न सफल

यहि दशैको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र हो छक्का पन्जा ३ चलचित्र लाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि हालसम्म पनि उस्तै व्यापार गरिरहेको छ । हुन त यो युनिटले निर्माण गरेका अघिल्ला चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौ चलचित्र बजारको व्यापारमा यो व्यानरले सनसनी नै मच्चाउने गरेको छ । जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ ।

फुलपाती बाट रिलिज भएको असोक शर्मा निर्देशित चलचित्र जय भोले प्रदर्शनमा आए सगै यस चलचित्रको व्यापारमा ओरालो लाग्न सक्ने धेरैको अड्कल थियो । तर चलचित्रलाई फूलपातिबाट रिलिज भएको जय भोलेले पनि कुनै असर गरेको छैन । छक्का पन्जा ३ ले रिलिज भएको १७ दिनमा बक्स अफिसमा चलचित्र इतिहासकै सम्मानित व्यापार गरेको छ । र निरन्तर गरिरहेको छ । चलचित्र रिलिज भएको १८ औ दिन सम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले काठमाण्डौ उपत्यकामा मात्र करिव ८ करोड ५० लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

यस्तै काठमाण्डै उपत्यका बाहिरको १७ औ दिन सम्मको व्यापार करिव ७ करोड ९० लाख माथि भएको बुझिएको छ । उपत्यका बाहिर र भित्र दुबैको व्यापारलाई जोडेर हेर्दा १० गते सम्ममा चलचित्र ले करिव १६ करोड ४ लाखको व्यापार गर्न सफल भएको देखिन्छ । यसलाई हेर्दा चलचित्र छक्का पञ्जा ३ ले आफ्नै व्यानरमा निर्माण भएको यस अघिको चलचित्र छक्का पन्जाको रेकर्ड समेत ब्रेक गर्न सफल भएको छ । यस अघिको चलचित्र छक्का पञ्जा ले ११८ दिनमा बनाएको रेकर्ड छक्का पञ्जा ३ ले १७ दिनमा नै तोडेको छ ।

अघिल्ला चलचित्रहरुलाई कन्टेनमा दोसी देखाउने गरिएको थियो । चलचित्रले कुनै शन्देस दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर यसपटक चलचित्रमा उठान गरिएको कथा बस्तुलाई दर्शकले राम्रो रुचाएका छन् । जस्का कारण पनि चलचित्रको व्यापार राम्रो देखिएको हो । दीपाश्री निरौलाको निर्देशनमा निर्माण चएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसाई, निर शाह लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.