चौका दाउको आईटम गीतमा वर्षाको नृत्य

सिनेमा ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको आईटम गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कलाकारहरु विल्सन विक्रम राई, तैयब शाह, सन्तोष पन्त सँगै मोडल सोनिका केसीलाई फिचर गरिएको छ । त्यस्तै गीतमा अभिनेत्री वर्षा राउत र अभिनेता अजश्र ढुंगानाको गज्जबको केमेष्ट्रिपनि देखाईएको छ ।
सार्वजनिक गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको आवाज रहेको छ भने श्रीपुरुष ढकालका शब्द छन् ।
पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो सिनेमामा कथा र संगीत शम्भुजित बास्कोटाको छ । पौष २७ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘चौका दाउ’मा दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी र मित्र डी गुरुङको सम्पादन छ । कमेडी कथामा तयार पारिएको यस सिनेमामा सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानी छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.