नेचासल्यान गोल्डकपको उपाधी अनेरास्ववियुलाई

सल्लेरी, कातिक १६ गते । सोलुखुम्बुका सम्पन्न नेचासल्यान गोल्डकपको उपाधि अनेरास्ववियु सल्लेरीको पोल्टामा परेको छ । फाईनल खेल अन्तर्गत रियल डिङनिटिलाई आज भएको खेलमा ३–० ले पराजित गर्दै उपाधी माथि कव्जा जमाएकोहो ।
रियल डिङनिटिले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यस्तै हिलेपानि ज्वाला क्लव ओखलढुंगा तेस्रो र गार्मा ब्रदर्श चौथो भएको आयोजक नेचासल्यान गाउँपालिकाले जनाएको छ ।
गत कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगिताका विजेता टिमले १ लाख , दोस्रो हुने टिमले ७० हजार, तेस्रो हुने टिमलाई ४० हजार र चौथो हुनेलाई २० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.