सोलुखुम्बुका एक पर्यटकको मृत्यु

कातिक २६ गते । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक पर्यटकको मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका –४ दिङबुचेमा मलेसियन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेसियन नागरिक बर्ष ४३ की वोङवेन डिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आइतबार बिहान ११ बजेको समयमा भ्रमणको लागि ४ जनाको समूहमा सोलु पुगेका उनीहरु दिङबुचे स्थित गुड लक होटलमा बास बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि सोमबार बिहान हेलिकोप्टरमार्फता शिक्षण अस्पताल काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सालिग्राम शर्माले जानकारी दिनुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.