नाम्चे बजारमा बृहत सरसफाई सम्पन्न

सोलुखुम्बु, मंसिर २ गते । सगरमाथाको प्रवेशद्धार नाम्चेमा वृहत सरसफाई सम्पन्न भएको छ । पर्यटकिय बजार नाम्चेको सरसफाईमा सम्शेर गुल्म नाम्चे, कर्मचारी, स्थानीय र सगरमाथा प्रर्दुशन नियन्त्रण समितिको सहभागिता रहेको सगरमाथा प्रर्दुशन नियन्त्रण समितिका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनु भयो ।
सगरमाथा प्रदूर्शन नियन्त्रण समिति(एसपीसीसी)को अगुवाईमा नाम्चे बजारको फोहोर संकलन गरि कुहिने र डढ्ने जति ईन्सिनेटरमा जलाईएको छ भने फलाम, सिसा जस्ता सामाग्रीहरु भने पुनःप्रयोगका लागि काठमान्डौ पठाउने काम भईरहेको सगरमाथा प्रर्दुशन नियन्त्रण समितिका अध्यक्ष आङदोर्जे शेर्पाले बताउनु भयो ।
अभियानका लागि समितिले ८० जना स्वयंसेक परिचालन गर्ने तयारी गरेको छ । एसपिसिसिका उपाध्यक्ष लामाकाजी शेर्पाका अन्ुुसार स्वयंसेवक, कर्मचारी तथा पदाधिकारी गरी ८० जना सरसफाईमा खटिनेछन । ‘८० जना परिचालन गर्ने तयारी गरिएको छ’ उहाले भन्नुभयो ‘स्थानीयबासीले समेत अभियानमा सहयोग गर्ने अपेक्षा गरेका छौ ।’
सगरमाथा प्रर्दुशन नियन्त्रण समितिका अध्यक्ष आङदोर्जे शेर्पाका अनुसार संकलित फोहोर मध्ये पुन प्रयोग गर्न सकिनेलाई प्रयोगमा ल्याइनेछ । त्यस्तै जल्ने प्रकृतिका फोहोरलाई सरसफाई सगरमाथा प्रर्दुशन नियन्त्रण समितिको ईँिसनेटरमा जलाइयो भने नजल्ने टिनका बोतल तथा बट्टा लगायतका धातुका सामानलाई काठमाण्डौ पठाइने छ । ‘जल्ने प्रकृतिका फोहोरलाई पनि वातावरणमा प्रतिकुल असर नपर्ने गरि इन्सीनेटरमा राखेर जलाउछौ’–शेर्पाले भन्नुभयो ।
सगरमाथाको प्रवेशद्धारको रुपमा रहेको नाम्चेमा पर्यटकहरु एकदिन बस्ने गरेकोले नियमित सरसफाई गर्ने गरेको सगरमाथा प्रर्दुशन नियन्त्रण समितिले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.