शिक्षक बने गाउँ कै उदाहरणिय कृषक

सोलुखुम्बु, मंसिर ४ गते । एक जना सरकारी विद्यालयमा अध्यपन गर्ने शिक्षकले नियमित पठनपाठन बाहेक हरु के के गर्न सक्लान ? घरमा विहान बेलुका छोराछोरीको गृहकार्य गराउन ? अतिरिक्त समयमा ट्युसन पढाउन ? तर सोलुखुम्बुको अमर ज्योनि आधारभुत विद्यालय गुदेलमा कार्यरत शिक्षक जेवी कुलुङ भने शिक्षक मात्र नभई गाउ कै उदाहरणीय कृषक भन्नु भएको छ ।
गाउघरमा जागिर खाएकाहरुले माटोसँग खेल्नुहुदैन, जागिर हुदाहुदै कृषि पेशा अँगाल्नु आवश्यक नै छैन भन्ने धेरैको मानसिकता रहदा कुलुङ भने नगदे बाली लगाएर गाउ कै उदाहरण बन्नु भएको हो । राईले अध्ययपन संगै करिव रोपनी १२ जग्गामा चिराईतो उत्पादन गर्दै हुनुहुन्छ । परम्परागत खेतिबाट फाईदा नभएकोले चिराईतो उत्पादन गर्न थाल्नु भएको राईले राम्रै आम्दानी दिईरहेको बताउनु भयो–रामै्र आम्दानी छ । गहु, मकै, आलु, कोदो जस्ता बाली खेति भन्दा कम श्रम र बढि आम्दानी दिने भएकोले आम्दानीको हिसावले त धेरै राम्रो छ ।’
कुलुङले चिराईतोसँगै किवी, लसुन, अदुवा, खोसार्नी आदि खेति पनि गर्दै आउनु भएको छ । गाउघरका युवाहरु बेरोजगारीको कारण भन्दै विदेशिदै गर्दा कुलुङले भने आफ्नो जागिरबाट भन्दा खेतिबाट बढि लाभ लिन थालेको बताउनु भयो । कुलुङ भन्नुहुन्छ ‘ कृषिबाट वार्षिक दुई÷तिन लाख आम्दानी हुन्छ ।’
साथै कुलुङले खोल्सीको सुन भनेर चिनिने अलैची खेति पनि गरिरहनु भएको बताउन भयो‘चिस्यान जग्गामा मात्र अलैची खेति हुन्छ त्यसैले त्यस्ता जग्गामा अलैची रोपेको छु भने आफुले सिँचाई गर्न सकिने सुख्खा ठाउमा पनि अलैची रोपेको छु ।’ कुलुङले ७ रोपनी जग्गामा अलैची रोप्नु भएको छ ।
खाली जग्गा भएमा खेती योग्य भए खेति गर्ने र उत्पादन हुन नसक्ने तथा जंगली जनावरबाट संरक्षण गर्न नसकिने जस्तो स्थानमा उहाले रुखबिरुवा लगाउनु भएको बताउनु भयो– खेति नहुने जग्गामा रुख रोपेमा रुखबिरुवाले नि फाईदा नै गर्छ। त्यसैले सबैलाई खुल्ला स्थानमा रुख रोप्न पनि मेरो सल्लाह छ ।’ कुलुङका अनुसार परम्परागत खेति भन्दा आधुनिक खेतितर्फ केन्द्रित भएमा राम्रो आम्दानी हुने भएकोले नया प्रविधि र नया खेतिको विषयमा खोजी गर्नुका साथै प्रविधिको विषयमा जानकारी लिईरहुनु पर्ने आवश्यक रहेको बताउनु भयो ।
कुलुङले शिक्षण गरेर बचेको समय बारीमा नै रम्ने गरेकोले राम्रो लाभ लिईरहेको बताउनु भयो । कुलुङले नगदेबाली मात्र नभई बारीमा गोलभेडा, काउली, बन्दा, रायो, खोर्सानी आदी पनि उत्पादन गरिरहेको बताउनु भयो । उहाले उत्पादन गरेको तरकारी गाउमा नै खपत हुने गरेकोले बजार लैजानै नपरेको समेत बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.