एक नम्बर प्रदेशमा बलात्कार बढी

नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ मा बालिकाहरु बलात्कृत हुने गरेको पाइएको छ । केन्द्रीय बाल कल्याण समितिले बुधबार अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सार्वजनिक गरेको ‘नेपालमा बालबालिकाको स्थिति २०७५ मा’ यो कुरा उल्लेख छ ।

प्रतिवेदनमा प्रदेश नं १ मा आर्थिक वर्ष २०७४\७५ मा सबैभन्दा बढी अर्थात दुई सय ५७ जना बालिका बलात्कारबाट पीडित भएका छन् ।

यस्तै प्रदेश नं ५ मा एक सय ९१, प्रदेश २ मा एक सय २७, प्रदेश ३ मा एक सय २४, गण्डकी प्रदेशमा ८५, कर्णालीमा ३९, प्रदेश ७ मा ५३ र उपत्यकामा एक सय १९ बालिकाहरु बलात्कारबाट पीडित भएका छन् ।

प्रतिवेदनमा सबैभन्दा बढी ११ देखि १६ वर्ष उमेरका बालिकाहरु बलात्कारबाट बढी पीडित रहेका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा उक्त उमेरका ५ सय ९० बालिकाहरु बलात्कृत भएका थिए । यस्तै दश वर्ष मुनिका २ सय ६१ र १७ देखि १८ वर्षका एक सय ४४ बालिकाहरु बलात्कृत भएका थिए ।

आर्थिक वर्ष २०७४ मा बालबालिकामाथि जबरजस्ती करणीको प्रयासविरुद्ध पाँच सय ३६ मुद्दा दायर भएको थियो भने यसबाट २ सय ७५ बालिका पीडित भएको देखिएको थियो ।

सञ्चार माध्यमबाट प्रकाशमा आएका बाल यौन दुव्र्यवहार र बलात्कारका घटनाहरुः केन्द्रीय बाल कल्याण समितिले आर्थिक वर्ष २०७४\०७५ मा विभिन्न छापा तथा अनलाइनबाट संकलन गरेका घटनाहरुबाट प्रभावित बालबालिकामध्ये २ सय ४३ जना बालबालिका बालयौन दुव्र्यवहार र बलात्कारबाट पीडित भएको देखिएको थियो ।

यसमध्ये २ सय ३६ जना (९७ प्रतिशत) बालिकामाथि बलात्कार भएको र ७ जना (३ प्रतिशत) बालकलाई यौन दुव्र्यवहार भएको पाइएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!