स’ र ‘ग’ बाट फिल्मको नाम राख्न धुर्मुस–सुन्तलीलाई ज्योतिषको सल्लाह

काठमाडौं – हास्यकलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले निर्माण गर्ने सिनेमाको तयारी अन्तिम चरणमा पुगेको छ ।

सिनेमाका लागि कलाकार छनौटदेखि अन्य कामहरु पनि अन्तिम चरणमा पुगेका कारण मंसिर १४ गते यो सिनेमाको आधिकारिक घोषणा गरिने भएको छ । यो समाचार तयार पार्दासम्म यो सिनेमाको नाम भने फाइनल भइसकेको छैन ।

यसअघि सिनेमाको नाम ‘एन्टिभाइरस’ राखिने चर्चा थियो तर स र ग बाट सिनेमाको नाम राख्दा राम्रो हुने ज्योतिषको सल्लाह भएका कारण अहिलेसम्म सिनेमाको नाम फाइनल हुन सकेको छैन ।

मंसिर १४ गते सीताराम र कुन्जनाको वैवाहिक वर्षँगाँठ पनि परेको छ । आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर सिनेमाको आधिकारिक घोषणा गरिने विशेष स्रोतले जनाएको छ । यो सिनेमामा धुर्मुस र सुन्तली नै मुख्य भूमिकामा रहनेछन् भने अन्य कलाकारको जानकारी १४ गते गराइने छ ।

साभार-gufgaf.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!