शृङ्खला खतिवडा हेड–टू–हेडको दोस्रो चरणमा मिस सिंगापुरसँग पराजित

काठमाडौँ – नेपालकी शृङ्खला खतिवडा अहिले मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा छिन् । चीनको सान्यामा मिस वर्ल्र्ड २०१८ को अन्तिम चरणको प्रतिस्पर्धा भइरहेको छ ।

यस अन्तर्गत हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा खतिवडा पराजित भएकी छन् । पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी हुन् ।

मिस सिंगापुर पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी छन् । शृङ्खलाका लागि अन्तिम ३० मा पर्ने बाटो भने सकिएको छैन । उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने छिन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.