नेकपाको प्रदेश कमिटीमा सोलुखुम्बुका १२ जना–नामावली सहित

नेकपाको प्रदेश कमिटीका सदस्याहरुको नामावली आज सार्वजानिक भएको छ । प्रदेश १ नम्बर कमिटिमा सोलुखुम्बुका १२ जना परेका छन् ।
नेकपाका महासचिव विष्णु पौडेलद्धारा हस्ताक्षरित विज्ञाप्ति अनुसार सोलुखुम्बुका सांसदद्धय उत्तम कुमार बस्नेत, बुद्धि कुमार राजभण्डारी सहित १२ जनाको नाम सावैजानिक गरिएको हो ।
त्यस्तै गोम्बु शेर्पा, मानविर राई, विष्णु वास्तोला, महेश राई, आङकामी शेर्पा, ठमनाथ पराजुली, सौमाया राई, आङङिमा लामा शेर्पा, करुणा ढुङ्गेल, र डिवी किराती रहनु भएको छ ।
गत बुधबार सम्पन्न नेकपाको सचिवाल बैठकले सदस्यहरुको नामावली टुंगो लगाएको थियो । गत बिहीवार नै सार्वजनिक गर्ने भनिएको नामावली आज सार्वजनिक भएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.